अमेरिकामा १२ देखि १५ वर्षसम्मका बच्चालाई खोप
बीबीसी। अमेरिकामा अब १२ देखि १५ वर्षसम्मका बच्चालाई पनि खोप दिन सकिने भएको छ। यसको सुरुआत मे १३ देखि हुने छ। अमेरिकी नियामक निकायले फाइजर–बायोएनटेकको कोरोना भ्याक्सिन यो उमेर समूहलका बच्चालाई लगाउन आपत्कालीन स्वीकृति दिएको हो। बच्चालाई दिइने यो भ्याक्सिन पहिलो हो। अमेरिका राष्ट्रपति जो बाइडेनले बच्चाहरुलाई सकेसम्म चाँडो भ्याक्सिन उपलब्ध गराउन राज्यहरुलाई अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस्