कोरोना संक्रमणबाट ताप्लेजुङका चारजनाको मृत्यु
ताप्लेजुङ। कारोनाको नयाँ भेरियन्ट आइसकेपछि ताप्लेजुङ जिल्लामा हिजोसम्म चार जनाको मृत्युसँगै १३४ जनामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए। ताप्लेजुङको हेलिप्याडमा रहेको बालमन्दिरको नयाँ भवनलाई २५ वेड क्षमताको आइसोलेसनमा परिणत गरेको पाण्डेले जानकारी गराए। तमोर अस्पतालालाई पाँच वेड क्षमता सहितको कोरोना अस्पताल बनाएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्