एनजीओ/आइएनजीओलाई कोरोना रोकथाममा सघाउन परिषदको आव्हान
काठमाडौं। समाज कल्याण परिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा संचालित कार्यक्रमहरु परिमार्जन गरी परिषदद्वारा तोकिएको क्षेत्रमा कोभिड–१९ को रोकथाम तथा प्रतिकार्य संचालन गर्न आव्हान गरेको छ। परिषदले संघ संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा परिचालन गर्न अनुरोध समेत गरेको छ। संघ संस्थाहरुलाई थप स्रोत जुटाउन र प्राथमिकताका साथ स्वास्थ्य सामाग्री नेपाल ल्याउन पनि परिषदले भनेको छ।
प्रतिक्रिया दिनुहोस्