बाँकेमा १२ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु
बाँके। कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा पछिल्लो १२ घण्टामा मात्रै १८ जनाको मृत्यु भएको छ। हिजो साँझदेखि आज बिहान ११ बजेसम्ममा १८ जनाको मृत्यु भएको हो। बाँकेका कोभिड फोकलपर्सन नरेश श्रेष्ठकाअनुसार मृत्यु हुनेमा ८ जना बर्दियाको हुन्। बाँकेमा अक्सिजन र बेडको अभावमा संक्रमितहरूले ज्यान गुमाइरहेका छन्। बाँकेमा जेठ ३ गतेसम्मका लाथग निषेधाज्ञा जारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्