काठमाडौंबाट ७६५ थान गुणस्तरहीन अक्सिमिटर बरामद, ७ जना पक्राउ
काठमाडौं। न्यून गुणस्तर भएको अक्सिमिटर बेच्ने सातजना पक्राउ परेका छन्। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा बजार अनुमगन गरिएको थियो। अनुगमनको क्रममा बिल बिजक नभएको, निर्माण कम्पनी, नाम, ठेगाना नभएको, बार कोड नभएको अक्सिमिटर फेला परेका थिए। त्यही क्रममा ७६५ थान अक्सिमिटिर बरामद समेत गरिएको हो। अनुगमनमा अपराध महाशाखा, औषधि व्यवस्था विभाग र वाणिज्य विभागका प्रतिनिधि सहभागी थिए।
प्रतिक्रिया दिनुहोस्