स्वास्थ्यका १२० कर्मचारी करारमा नियुक्त
सुर्खेत। कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारी करारमा नियुक्त गरेको छ। सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौं तहका १२० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो। आयुर्वेदिकतर्फ कविराज दुई, रेडियोग्राफर फार्मेसी असिस्टेन्ट छ/छ, ल्याब टेक्निसियनतर्फ १२ र स्टाफ नर्सतर्फ ७६ जनालाई करार नियुक्तिका लागि सिफारिस गरिएको हो।
प्रतिक्रिया दिनुहोस्