सिप्लाले कोरोनाको औषधि बनाउने, अमेरिकी कम्पनीसँग सम्झौता गर्‍यो एजेन्सी। भारतीय औषधि कम्पनी सिप्लाले अमेरिकाको एली लिली एन्ड कम्पनीसँग कोरोनाविरुद्धको औषधि बनाउने र बेच्ने सम्झौता गरेको छ। सिप्लाका अनुसार दुई कम्पनी मिलेर कोरोनाविरुद्धको ‘बार्सिक्टिनिब’ बनाउने सम्झौता भएको हो। यो औषधिलाई स्वास्थ्य मन्त्रालयले सीमित आपत्कालीन उपयोगका लागि पहिले नै स्वीकृति दिइसकेको छ। सिप्लाले एली लिलीसँग रोयल्टीमुक्त, गैरविशेष स्वेच्छिक लाइसेन्सिङ सम्झौता गरेको बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्