अक्सिजन उद्योगलाई फोनबाट थेग्नै नसक्ने दबाब
काठमाडौं। नेपालका अक्सिजन उत्पादक उद्योगहरुलाई फोनबाट थेग्नै नसक्नेगरी दबाब आउन थालेको छ। अक्सिजन उत्पादक उद्योग संघले बताएअनुसार दैनिक सयौंको संख्यामा उद्योगमा फोन आउने गरेको छ। उनीहरुले भन्ने गरेका छन्, ‘मेरो आफन्तलाई अक्सिजन दिएर बचाउनुपर्यो। त्यसका लागि जति नि पैसा तिर्न तयार छु।’ संघले नेपालभरका उद्योगमा यसैगरी दबाब आउने गरेको बताएको छ।
प्रतिक्रिया दिनुहोस्