जेठ २ गतेदेखि चिनियाँ खोपको दोस्रो डोज लगाइने काठमाडौं।कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेदेखि लगाइने भएको छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी कुपन वितरण गरी,भीडभाड नगरी व्यवस्था मिलाउन पत्राचार गरिने बताए।जेठ २ गतेदेखि हुने खोप अभियान जेठ १० गते सकिनेछ।एक लाख ५९ हजार ४९९ जनालाई खोप दिने लक्ष्य लिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्