‘अक्सिजनको संकट अहिले त सुरुवात मात्र हो’
काठमाडौं। नेपाल अक्सिजन उत्पादक उद्योग संघले अहिलेको अक्सिजन अभाव सुरुवात मात्र भएको बताएको छ। यतिबेला उपत्यकासहित देशभरका अस्पतालमा अक्सिजनको चरम अभाव छ। तर, यो अन्त्य नभई अक्सिजन अभावको सुरुवात मात्रै भएको संघले बताएको छ। अबको केही दिनमा थप अभाव चुलिने संघको भनाई छ। देशमा अक्सिजन उत्पादन क्षमताभन्दा पनि उत्पादित अक्सिजन राख्ने सिलिन्डर अभाव छ।
प्रतिक्रिया दिनुहोस्