बसुन्धारामा आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सञ्‍चालन गर्ने तयारी काठमाडौं। नेपाली सेनाले काठमाडौंको बसुन्धारामा कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सञ्‍चालन गर्ने तयारी गरेको छ। तत्काल ८८ शैयाको अक्सिजन थेरापी सञ्‍चालन गर्न लागिएको हो। २०० बेड सञ्‍चालन गर्ने तयारी रहेको उक्त आइसोलेसन केन्द्रका लागि काठमाडौं महानगरपालिकाले बजेट उपलब्ध गराएको छ। आइसोलेसन केन्द्रको निरीक्षणमा गएएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाका बिरामी उपचारमा थप राहत मिल्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्