सरकारले दुईहजार एचडीयू बेड थप्ने, अर्थसँग मागियो बजेट
काठमाडौं। सरकारले थप दुईहजार हाइ डिपेन्डेन्सी युनिट एचडीयू बेड थप्ने भएको छ। त्यसका लागि अर्थ मन्त्रालयसँग सहमति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए। अहिले जटिल अवस्थाका संक्रमितहरू बढ्न थालेको भन्दै मन्त्रालयले दुईहजार एचडीयू थप गर्ने निर्णय गरेको उनको भनाइ छ। गत वर्ष नै संक्रमण उत्कर्षमा पुगेका बेला मन्त्रालयले झण्डै तीनहजार एचडियू थप गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस्