बंगलादेशले नेपाललाई दियो पाँचहजार भायल्स रेमडिसिभर
काठमाडौं। बंगलादेशले कोरोना उपचारमा उपयोगी मानिएको औषधि रेमडिसिभरको पाँचहजार भायल्स आज नेपाललाई उपलब्ध गराएको छ। बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेन र स्वास्थ्यमन्त्री जाहिद मलिकले आज उक्त रेमडिसिभर बंगलादेशका लागि नेपाली राजदूत बंशीधर मिश्रलाई हस्तान्तरण गरेका हुन्। ढाकास्थित नेपाली दूतावास गई रेमडिसिभर हस्तान्तरण गरेका हुन्। नेपाली दूतावासले छिट्टै उक्त औषधि नेपाल पठाउने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्