सेनाले व्यवस्थापन गरेका शवसहित २२५ जना कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौँ। कोरोनासम्बन्धी कारणले २२५ जनाले ज्यान गुमाएका छन्। यसमा नेपाली सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शव सङ्ख्या पनि सम्मिलित छ। गत २४ घण्टामा भने ७९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणमा जनाइएको छ। हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ४,०८४ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये ०.९९ प्रतिशतले ज्यान गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस्