कोरोना भाइरसको स्वरुपबारे नेपालमै थालियो अनुसन्धान काठमाडौं। कोभिड १९ भाइरसको स्वरुपबारे नेपालमै अनुसन्धान थालिएको छ। कोरोनाको दोस्रो लहरका कारण संक्रमण दिनप्रतिदिन बढिरहेको छ। संक्रमणदर तथा मृत्यदर बढ्नुको कारणबारे भाइरसको स्वरबारे अनुसन्धान भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए। ‘अहिले दोस्रो लहरको भाइरसले बढी हानी भइरहेको छ। यो भारतकै भाइरस हो वा नेपालमा नयाँ प्रकारको देखिएको हो। यो विषयमा हामीले अनुसन्धान थालेका छौं।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्