सामान्य प्रशासनमन्त्री ठगुन्नालाई कोरोना संक्रमण काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नालाई कोरोना संक्रमण देखिएको छ। सोमबार रातीदेखि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि पीसीआर परीक्षण गराएका थिए। निजामती अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको उनको सचिवालयले जनाएको छ। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहमा उपचार भइरहेको स्वकीय सचिव दौलतसिंह ठगुन्नाले बताए। उनको छातीमा हल्का खालको निमोनिया देखिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्