नेपालमा आज ९७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ९७,००८ रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ८९,९१४ होम आइसोलेसनमा र ७,०९४ संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा ४५,६६० होम आइसोलेसनमा र २,८९४ संस्थागत आइसोलेसनमा रहेका छन्। त्यस्तै, नेपालमा आज १,०८४ जना आईसीयूमा र २९० जना भेन्टिलेटरमा रहेका छन्। नेपालमा ४४८ जना क्वारेन्टाइनमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्