हुम्लामा जेठ ४ सम्म निषेधाज्ञा थप सिमकोट। उच्च हिमाली जिल्ला हुम्लामा कोरोनाभाइरसको सङ्क्रमण बढ्न थालेपछि निषेधाज्ञाको समयावधि थप गरिएको छ। जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय आगामी जेठ ४ गतेसम्मका लागि बढाइएको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। (रासस)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्