कोरोनाबाट २४ घन्टामा विश्वमा १३ हजारको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा १२ हजार ९९४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन बढी भारतमा ४ हजार २०० छन् भने ब्राजिलमा २ हजार २७५ जना छन्। यस्तै अमेरिकामा ७४३, इरानमा ३०७, पोल्यान्डमा ३१९, कोलम्बियामा ४२९, अर्जेन्टिनामा ४९०, जर्मनीमा २७६, इन्डोनेसियामा २४७, नेपालमा २२५, रुसमा ३२९, टर्कीमा २७८, फ्रान्समा २४० जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्