कोरोना नियन्त्रणमा चुकेको मोदी सरकार एजेन्सी। कोरोना महामारीको दोस्रो लहरले भारतको गहिरो निराशा र विरोधासलाई उजागर गरिदिएको त्यहाँका बुद्धिजीवीले बताएका छन्। संसारमै उन्नत डाटा इन्फ्रास्ट्रक्चर रहेको भारतले अहिले स्वास्थ्य कार्यकर्ता, संक्रमण दर र मृत्यु हुनेको संख्यासमेत गन्न सकिरहेको छैन। बुद्धिजीवीहरुका अनुसार, सरकारले वैज्ञानिकका कुरा सुन्न चाहेन। डाटामा नियन्त्रण राख्न खोज्यो र डाटा विश्लेषणलाई राजनीतिककरण गर्‍यो। सरकारले नागरिकलाई ‘झुटो आशावाद’मा भुलाएको उनीहरुको आरोप छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्