इटलीमा एक महिलालाई भ्याक्सिनको ६ डोज एजेन्सी। इटलीकी एक महिलालाई असावधानीवस कोरोना विरुद्धको ६ डोज भ्याक्सिन लगाइएको छ। नोआ अस्पतालका एक स्वास्थ्यकर्मीको असावधानीका कारण यो घटना भएको हो। स्वास्थ्यकर्मीले सिसीबाट पूरै भ्याक्सिन सिरिन्जमा निकालेर ती महिलालाई लगाएकी थिइन्। फाइजरको भ्याक्सिन सिसीमा ६ डोज हुन्छ। उनलाई आइतबार भ्याक्सिनको ओभर डोज लगाएपछि परीक्षणमा राख्दा कुनै असर नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्