संक्रमित र मृत्युको सही आँकडा बताउन भारतलाई डब्ल्यूएचओको आग्रह
एजेन्सी। कोरोनाको दोस्रो लहरबाट आक्रान्त भारतलाई संक्रमित र मृत्यु हुनेको सही आँकडा सार्वजनिक गर्न विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)की मुख्य वैज्ञानिक सौम्या स्वामिनाथनले आग्रह गरेकी छन्। डब्ल्यूएचओले भारतको कोरोना अवस्थालाई ‘चिन्ताजनक’ बताएको छ। स्वामिनाथनले अगस्टसम्ममा भारतमा कोरोनाका कारण हुने मृत्यु १० लाख पुग्न सक्ने चेतावनी दिएकी छन्। उनले भनिन्, ‘‘यो आँकडा उपलब्ध तथ्यांकका आधारमा अडेको छ। भारतको अवस्था भयावह छ।’’
प्रतिक्रिया दिनुहोस्