सोनू सूदले चीनपछि फ्रान्सबाट मगाए अक्सिजन प्लान्ट काठमाडौं। कोरोना महामारीमा थुप्रै सहयोग गर्दै आएका बलिउड अभिनेता सोनु सुदले फ्रान्सबाट अक्सिजन प्लान्ट मगाएका छन्। भारतमा अक्सिजनको अभाव भइरहेका बेला उनले फ्रान्सबाट अक्सिजन प्लान्ट मगाएका हुन्। फ्रान्सबाट १०/१२ दिनमा भारत आइपुग्नेछन्। भारत पुगेपछि सोनुले अक्सिजनको अभाव भएका अस्पतालहरूमा वितरण गर्नेछन्। यसअघि उनले चीनबाट अक्सिजन कन्सनट्रेटर्स मगाएका थिए। महामारीको समयमा उनी विभिन्न क्षेत्रबाट सहयोग गरिरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्