गोवाको एक अस्पतालमा २६ कोरोना संक्रमितको मृत्यु
एजेन्सी। गोवाको सरकारी अस्पताल गोवा मेडिकल कलेजमा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गोवाका स्वास्थ्यमन्त्री विश्वजीत राणेले बिहान २ देखि ६ बजेको समयमा उनीहरुको मृत्यु भएको पुष्टि गरे पनि कारण बताइएको छैन। यद्यपि गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले पत्रकारसँगको कुराकानीमा सो अस्पतालमा अक्सिजनको कमी रहेका बताएका छन्। राणेले अस्पतालमा केही समय अक्सिजनको आपूर्ति रोकिएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्