एमाले नेता चौलागाईंको पशुपतिमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका नेता तथा बागमती प्रदेशसभा सांसद पशुपति चौलागाईको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। कोरोना संक्रमणबाट चौलागाईको मंगलबारसाँझ स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। चौलागाईँ दोलखा ख बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसअघि उनी दोस्रो संविधानसभामा र २०५६ मा प्रतिनिधिसभा निर्वाचित भएका थिए। स्वर्गीय नेता चौलागाईंका श्रीमती, छोरा र दुुई छोरी छन्।
प्रतिक्रिया दिनुहोस्