दिल्लीमा घट्न थाल्यो कोरोना, दोस्रो लहरको अन्त्य हुने विश्वास
एजेन्सी। सारा संसारलाई त्रसित बनाएको कोरोनाका दोस्रो लहरबाट भारतले विस्तारै त्राण पाउन लागेको संकेत मिलेको छ। राजधानी दिल्लीमा दोस्रो लहर पिकमा पुगेर तल झर्दै जान थालेको छ। बितेको दुई महिनामा पहिलो दिन मंगलबार त्यहाँ जति नया संक्रमित थपिए, त्योभन्दा बढीले कोरोना जिते। भारतका १८ राज्यमा संक्रमित संख्या घटेको छ। मंगलबार भारतमा कूल तीन लाख २९ हजार संक्रमित भेटिए।
प्रतिक्रिया दिनुहोस्