टेकू अस्पतालमा यसरी हुन्छ भुँईमै राखेर उपचार काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा शय्याको अभाव हुँदा कोरोना संक्रमितलाई भुँईमै राखेर उपचार भइरहेको छ। अस्पतालमा रहेका बेड, आईसीयू र भेन्टिलेटर सबै भरिभराउ भएपछि नयाँ बिरामीलाई भुँईमै राखेर उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए। उनले भने, ‘दिनमा१० जना डिस्चार्ज हुन्छन्। ५० जना नयाँ थपिन्छन्। हामीसँग बेड सीमित छन्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्