अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन बेलायतमा सफल, ८० प्रतिशत मृत्यु रोकेको दाबी एजेन्सी। कोरोनाविरुद्धको भ्याक्सिन लगाउन संसारमै अगाडि रहेको बेलायतमा अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन सफल रहेको मानिएको छ। उक्त भ्याक्सिनको एक डोजमात्रै लगाउँदा पनि ८० प्रतिशत मृत्यु कम भएको विशेषज्ञहरुले बताएका छन्। बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यांककले यो आँकडाको तारिफ गर्दै महामारीबाट जोगिन भ्याक्सिन सफल रहेको बताए। भ्याक्सिन लगाएकै कारण अहिलेसम्म बेलायतमा १० हजार मासिनको ज्यान जोगिएको ‘पब्लिक हेल्थ इङ्ल्यान्ड’को भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्