रेम्डिसिभिर आयानबाट सिधै लिन सकिने, प्रतिभाइल ४९०० पर्ने काठमाडौं। कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर अब चिकित्सकको प्रिस्क्रिप्सनअनुसार आयातकर्ता कुपण्डोलस्थित आयान हेल्थकेयरले सिधै लिन सकिने भएको छ। त्यसका लागि चिकित्सकको सिफारिस र लिनजाने व्यक्तिको परिचयपत्रको प्रमाणपत्र आवश्यक पर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। रेम्डिसिभिरको मूल्य प्रतिभाइल ४,९०० रूपैयाँ रहेको र यसका लागि डा. अबुल अन्सारी ९८००-५५५९१०, सुवास ९८१०-१९४४१६, विमल ९८४१-५०६३७०, कमल ९८५१-१२४६३९, ९८५११-२४६३९ मा सम्पर्क गर्नसकिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्