‘आइभरमेक्टिन’ प्रयोग नगर्न डब्ल्यूएचओको आग्रह एजेन्सी। कोरोनाको दोस्रो लहरसँगै चर्चामा आएको आइभरमेक्टिन औषधिको प्रयोग ह्वात्तै बढेको छ। भारतमा त यसलाई सर्वसुलभ बनाउन सरकार लागिपरेको छ। तर यसलाई उपयोग नगर्न विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ। डब्ल्यूएचओकी मुख्य वैज्ञानिक सौम्या स्वामिनाथनले मंगलबार भनिन्, ‘कोरोनाको नयाँ लक्षणमा नयाँ औषधि प्रयोग गर्दा त्यसको सुरक्षा र असरमा ध्यान दिनुपर्छ। त्यसकारण क्लिनिकल ट्रायलबाहेक कोरोनाका बिरामीलाई यो औषधि नदिनुस्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्