भ्याक्सिनको पहिलो र दोस्रो डोजबीचको समय कति अन्तर?
एजेन्सी। पहिलो डोज भ्याक्सिन लगाएका व्यक्ति दोस्रो डोज समयमा लगाउन नपाउँदा हैरान छन्। पहिलो र दोस्रो डोजबीचको समय अन्तर कति राख्नु राम्रो भन्नेबारे पनि कतिपयलाई जानकारी छैन। चिकित्सहरुका अनुसार पहिलो र दोस्रो डोजबीच ४ देखि ६ सातासम्म फरक पार्न सकिने बताउँछन्। साथै, पहिलो डोज जुन भ्याक्सिन लगाएको हो, दोस्रो पनि सोही भ्याक्सिन लगाउनुपर्ने उनीहरुको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्