सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो काठमाडौँ। आज कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या १,०१,६३४ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार ९४,३४३ जना होम आइसोलेसनमा छन् भने ७,२९१ जना संस्थागत आइसोलेसनमा छन्। त्यस्तै, देशभर १,२४१ आईसीयूमा उपचाररत छन् भने २८५ जना भेन्टिलेटरमा उपचाररत छन्। सबैभन्दा धेरै सक्रिय सङ्क्रमित बागमती र त्यसपछि लुम्बिनी प्रदेशमा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्