आज कुन प्रदेशमा कति सङ्क्रमित थपिए? काठमाडौं। आज देशभर ९,३०५ जना कोरोना सङ्क्रमित थपिँदा सबैभन्दा धेरै बागमती प्रदेशमा सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार बागमती प्रदेशमा आज सर्वाधिक ४,३६३ र लुम्बिनीमा १,६४० जना सङ्क्रमित थपिएका थिए। त्यस्तै, प्रदेश १ मा ८९१, प्रदेश २ मा ३४२, गण्डकीमा ५२०, कर्णालीमा ३२८ र सुदूरपश्चिममा ८८१ जना सङ्क्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्