उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द काठमाडौँ। काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कोरोनाको महामारी तीव्र रूपमा बढिरहेकाले यस्तो निर्णय गएिको जनाएको छ। “निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ,” प्रशासनद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ। (रासस)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्