चिनियाँ खोप बंगलादेश पुग्यो, सिरमसँग तीन करोड डोजको सम्झौता एजेन्सी। चीनले अनुदानमा उपलब्ध दिएको पाँच लाख डोज भ्याक्सिन ढाका पुगेको छ। बंगलादेश वायुसेनाको विशेष विमानले खोप बुधबार बिहान राजधानी ढाका पुर्‍याएको हो। चीनको सिनोफार्म कम्पनीबाट विकास गरिएको खोप बंगलादेशलाई उपलब्ध गराइएको हो। बंगलादेशलाई यसअघि भारतले २० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो। बंगलादेशले भारतको सिरम इन्स्टिच्युटबाट तीन करोड डोज खोप खरिद गर्न सम्झौता गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्