नेपाललाई सहयोग गर्न अमेरिकी विधायकको हस्ताक्षर अभियान
काठमाडौं।अमेरिकाको मेरिल्याण्ड राज्यका लागि नेपाली मूलका पहिलो विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारलाई सहयोग गर्न अपिल गर्दै राष्ट्रपति जो बाइडेन प्रशासनलाई दबाब दिन हस्ताक्षर अभियान चलाएका छन्। उनले मेरिल्याण्डबाट प्रतिनिधित्व गर्ने सिनेटरहरु क्रिस भ्यान होलान र वेन कार्डेनको कार्यालयलाई समेत नेपालको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै सहयोगको लागि संघीय सरकारसँग अनुरोध गरेका छन्।“सिनेटरहरुले गर्नुभएको पहलकदमीले हामीलाई उत्साहित बनाएको छ,” भण्डारीले भने।रासस
प्रतिक्रिया दिनुहोस्