भेरोसेलको दोस्रो मात्रा जेठ २ देखि काठमाडौं।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको 'भेरोसेल' खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जनाएको छ। कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले आफूलाई पायकपर्ने खोप केन्द्रमा खोप लगाउन सकिने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्