बिरामी भर्ना नलिने भनाइप्रति प्रशासनको ध्यानाकर्षण काठमाडाैं।काठमाडाैं प्रशासनले कोभिड–१९ तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ।अक्सिजन अभावको कारण देखाई बिरामी भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले मानवीय संवेदनशीलतामा ध्यान दिन आग्रह गरेको छ।सङ्क्रमण नियन्त्रणका लागि अस्पताल,औषधि तथा अक्सिजनको व्यवस्थापनमा क्रियाशील भइरहेको प्रशासनले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्