नेपाल–कोरिया मैत्री अस्पतालले आफैं अक्सिजन उत्पादन गर्ने काठमाडौं। भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पतालले अक्सिजन उत्पादन गर्ने भएको छ। नगरपालिकाले करिब ६० लाख रुपैयाँ लगानीमा आफ्नो अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने भएको हो। अस्पतालमा दैनिक कोरोना संक्रमित बिरामी आउने र तीमध्ये अधिकांशलाई अक्सिजन आवश्यक पर्ने भएकाले त्यसको उत्पादन आफैं गर्न लागेको अस्पतालले बताएको छ। उक्त अस्पालमा दैनिक ७० सिलिन्डर अक्सिजन आवश्यक पर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्