औद्योगिक प्रयोजनमा रहेका ४ हजार ८१६ अक्सिजन सिलिन्डर संकलन काठमाडौं। उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजोसम्म औद्योगिक तथा अन्य प्रयोजनमा रहेका ४ हजार ८ सय १६ थान अक्सिजन सिलिण्डर संकलन गरी सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गरेको छ। देशभर अक्सिजन सिलिन्डरको अभाव भएपछि मन्त्रालयले उद्योगमा रहेका सिलिन्डर संकलन गरेको हो। संकलित सिलिण्डर कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने जनाइको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्