ट्रमा सेन्टरमा अक्सिजनको अभाव, १०५ जना बिरामी जोखिममा काठमाडौं।काठमाडौंको ट्रमा सेन्टरमा अक्सिजन अभाव भएपछि उपचाररत १०५ जना बिरामी जोखिममा परेका छन्।ट्रमा सेन्टरका निर्देशक डा.सन्तोष पौडेलले अक्सिजनको व्यवस्थापन हुन नसकेपछि समस्या भएको बताए। 'रातभरि अक्सिजन जोहो गर्ने प्रयास गर्यौँ तर कतै पनि पाइएन,१०५ जना बिरामी जोखिममा हुनुहुुन्छ’, डा.पौडेलले भने।ट्रमा सेन्टरले बालाजुमा रहेको शंकर अक्सिजन उद्योगबाट अक्सिजन ल्याउने गरेको थियो। उद्योगमा रातभरि कुर्दा पनि अक्सिजन पाउन नसकिएको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्