कोरोना नियन्त्रणमा नेपाललाई अतिरिक्त सहायता गर्न योजना बनाउँदै अमेरिका
काठमाडौं। अमेरिकाले कारोना नियन्त्रण तथा रोकथाममा नेपाललाई सहयाता गर्न अतिरिक्त योजना बनाइरहेको छ। यो जानकारी कोभिड महामारीको लागि युएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिलाई बुधबार दिएका हुन्। समितिको बैठकमा उनले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको सङ्क्रमण पाइएको बताएका थिए। यो दर उच्च भएको उनको टिप्पणी थियो।
प्रतिक्रिया दिनुहोस्