सबैभन्दा बढी भ्याक्सिन लगाउने सेसेल्समा कोरोना संक्रमण दोब्बर एजेन्सी। जनसंख्याको हिसाबबाट सबैभन्दा बढी कोरोनाविरुद्धको भ्याक्सिन लगाउने अफ्रिकी मुलुक सेसेल्समा अचानक संक्रमण दोब्बर हुन पुगेको छ। यसबाट भ्याक्सिनले संक्रमण रोक्न कामै नगरेको त होइन भन्ने चिन्ता बढाइदिएको छ। यसबारे विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले समीक्षा सुरु गर्दै गम्भीर अध्ययनबिना भ्याक्सिनले काम नगरेको भन्न नमिल्ने बताएको छ। सिसेल्सको जनसंख्या करिब एक लाख छ। त्यहाँ चीन र भारतमा बनेको भ्याक्सिन लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्