काठमाडौं उपत्ययकाभित्रका सरकारी र नीजि अस्पताललाई अक्सिजन स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने
काठमाडौं। अबदेखि कोरोना उपचार गरिरहेका काठमाडौं उपत्यकाभित्र रहेका सबै सरकारी र निजी अस्पतालहरुलाई आवश्यक पर्ने अक्सिजन सिलिन्डरको आपूर्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको छ। आज मुख्यसचिव शंकर दास वैरागीको कार्यकक्षमा बसेको बिभिन्न मन्त्रालयका सचिवहरुको बैठकले उक्त निर्णय गरेको हो। मन्त्रालयले 'अक्सिजनको प्रयोग र आवश्यकता सम्बन्धी मापदण्ड, २०७८' बमोजिम अक्सिजन सिलिन्डरको व्यवस्था गर्नेछ।
प्रतिक्रिया दिनुहोस्