प्रहरीको सक्रियतामा ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिन्डर संकलन
काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ हजार ६५९ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ। संकलन गरिएका सिलिन्डरमध्ये ५ हजार २९३ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ। बाँकी रहेका १ हजार ३६६ अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा प्रहरी कार्यालयमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्