निषेधाज्ञा उल्लंघन गर्ने ६ हजार ७८२ जनालाई होल्डमा राखियो
काठमाडौं। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार ७ सय ८२ जनालाई होल्डमा राखेर छाडिएको छ। सो क्रममा ६ सय २४ वटा गाडी र २ हजार १ सय २१ वटा मोटरसाइकल गरी २ हजार ७ सय ४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्