अक्सिजनको सहज व्यवस्था गर्न सरकारले खटायो टोली
काठमाडौं। अक्सिजनको सहज व्यवस्थापनका लागि सरकारले हटलाइन सेवा सञ्चालनमा ल्याएको छ।त्यसका लागि ९८५१३१०५८१ र ९८५१३१०५८४ मा सम्पर्क गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो कार्यमा प्रमुख स्वास्थ्य प्रशासक डा. प्रकाशप्रसाद शाह,उपसचिव महेश पाण्डे, र मेडिकल अफिसर डा. सुवास राउतलाई एउटा समूह र प्रमुख मेसु डा.रोशन न्यौपाने, उपसचिव सानुबाबु अधिकारी र मेडिकल अफिसर डा. प्रधुम्मन चौहानलाई अर्को समूह बनाएर खटाइएको छ।
प्रतिक्रिया दिनुहोस्