भारतमा रुसी खोप ‘स्पूतनिक–भी’ को मूल्य १५ सय ९२ रुपैयाँ पर्ने काठमाडौं। रुसमा बनेको कोरोना खोप ‘स्पूतनिक–भी’को एक डोजको मूल्य भारतमा ९९५.४० भारतीय रुपैयाँ (१ हजार ५ सय ९२ रुपैयाँ ६४ पैसा) पर्ने भएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उक्त जानकारी दिएको हो। खोपको अभाव भएपछि रुसबाट स्पूतनिक–भी खोप भारतले आयात गरेको छ। केही समयपछि भारतमै यो खोपमा निर्माण सुरुभएपछि भने खोपको मूल्य घट्ने जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्