थेग्नै नसक्ने गरी बढ्यो भेरी अस्पतालमा बिरामीमा चाप काठमाडौं। बाँकेको भेरी अस्पतालमा बिरामीहरुको चाप थेग्नै नसक्ने गरी बढेको छ। आजसम्म कोभिड वार्डमा २४२ जनाको उपचार भइरहेको छ। जसमा मध्यम अवस्थाका १६० जना र ८२ जना कडा अवस्थाका बिरामी रहेको अस्पतालले जनाएको छ। अस्पतालले अहिलेसम्म कोरोना बिरामीलाई पाइपलाइनमार्फत अक्सिजन दिइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्