कलाकार शिवहरी पौड्याल कोरोना संक्रमित, आइसीयूमा राखेर उपचार हुँदै
काठमाडौं। कलाकार तथा निर्देशक शिवहरि पौड्याललाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमणपछि अस्पताल भर्ना गरिएको छ। श्वासप्रश्वासमा समस्या भएपछि उनी नैकापस्थित एपीएफ अस्पताल भर्ना भएका छन्। आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको अस्पतालले जनाएको छ। यसअघि कलाकार मदनकृष्ण श्रेष्ठ, सरिता लामिछाने, ऋषि लामिछाने, वर्षा राउतलगातयका कलाकार कोरोना संक्रमित भएका छन्।
प्रतिक्रिया दिनुहोस्